अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

20
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् । घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुसबै घर फर्किसकेको उनले बताए ।

उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको संख्या करिब ५ हजार ८५३ रहेको र समर्थकहरुको संख्या हजारौं रहेको छ । पार्टीले आव्हान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीका गएका साथिहरु प्राय सबै घर फर्किसकेका छन् । निष्क्रिय भएका साथिहरु पुनःसंगठित भइ सक्रिय हुने काम जारी छ ।’

उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ अगाडि बढाएको धारणा राखे । बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाई छ ।

‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैंछ । छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ,’ उनले भने ।

प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जवाफदेही सरकार अब कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरे ।

निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...