आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार

42
Share
Featured

काठमाडौँ

सुनसरीको ईटहरी उपमहानगरपालिका–१ आपगाछीमा रु ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्नुभयो ।

भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताउनुभयो । चन्द्रप्रसादका देशभर छरिएर रहेका सात भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् । 

शिव मन्दिर निर्माणपछि पूजाआर्चनाका लागि खुला गरिएको छ । यहाँ दैनिक रूपमा भक्तजन पूजाआज गर्न आउने गरेका छन् । 

यो समाचारमा

ईटहरी उपमहानगरपालिकाभोजपुरसुनसरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...