काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार

Author

सजिलो पत्रिका

२०८२ फागुन १६, शनिबार

18
Share
Featured

काठमाडौँ

पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन् । अल जजीराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल तालिबानको प्रभाव क्षेत्र कन्दहर तथा अन्य सहरहरूमा हवाई आक्रमण गरेको हो । सीमाक्षेत्रमा पनि झडप जारी रहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन् ।

यसैबीच, अफगानिस्तानले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ । पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमाक्षेत्रमा आक्रमण–प्रत्याक्रमण भइरहेका थिए । जसले क्षेत्रीय सैन्य द्वन्द्व चर्किने चिन्ता बढाएको छ ।

पाकिस्तानका रक्षामन्त्री आसिफले एक्समा लेख्दै नाटो सेना फिर्ता भएपछि अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरिएको भए पनि तालिबान प्रशासनले आतंकवादी समूहहरूलाई संरक्षण दिएको आरोप लगाए । उनले तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भंग गरेको र मानवअधिकार हनन गरेको दाबी गरे ।

“हाम्रो धैर्यताको सीमा नाघिसकेको छ । अब हामी र तिमीहरूबीच खुला युद्ध छ,” उनले लेखेका छन् । उनले पाकिस्तान छिमेकी देश भएको र परिस्थितिबारे जानकार रहेको समेत उल्लेख गरेका छन् । यसअघि पाकिस्तानका सूचना मन्त्री अतुल्लाह तरारले अफगानिस्तानले एबोटाबाद, स्वाबी र नौशेरामा ड्रोन आक्रमण गरेको दाबी गरेका थिए ।

टोलो न्यूजका अनुसार ती ड्रोनहरू प्रतिरोधी प्रणालीबाट खसालिएको र मानवीय क्षति नभएको बताइएको छ । काबुल र इस्लामाबादबीचको बढ्दो तनावले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ । 

यो समाचारमा

पाकिस्तानअफगानिस्तानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...