सुनसरीमा निर्वाचन कर्मचारीलाई तालिम सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

27
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीका १६७ मतदानस्थलमा खटिने कर्मचारीहरूलाई तालिम दिन सुरु गरिएको छ; तालिम इनरुवा–५ स्थित शारदा माध्यमिक विद्यालयमा भइरहेको छ।
  • जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार तालिममा निर्वाचन सुरक्षा, लाइन व्यवस्थापन र मतदान प्रक्रियाबारे प्रशिक्षण दिइँदैछ।
  • चारवटै निर्वाचन क्षेत्रका कर्मचारी सहभागी रहेको तालिम शुक्रबार समापन हुनेछ; त्यसपछि कर्मचारीहरूलाई आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरीमा खटिने कर्मचारीहरूलाई तालिम दिन सुरु गरिएको छ। इनरुवा–५ स्थित शारदा माध्यमिक विद्यालयमा आयोजित यस तालिममा जिल्लाका १६७ मतदानस्थलमा खटिने कर्मचारीहरूको सहभागिता रहेको छ।

जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार तालिममा निर्वाचन सुरक्षा, लाइन व्यवस्थापन र मतदान प्रक्रियाका विविध पक्षबारे प्रशिक्षण दिइँदैछ। सुनसरीका चारवटै निर्वाचन क्षेत्रका कर्मचारीहरू सहभागी रहेको यो तालिम आगामी शुक्रबार समापन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तालिमपश्चात् कर्मचारीहरूलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा खटाइनेछ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँसुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...