नेपाली कांग्रेसद्वारा ‘प्रतिज्ञापत्र’ सार्वजनिक, युवा र कृषिलाई प्राथमिकता

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

21
Share
Featured
  • नेपाली कांग्रेस ले निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै युवा रोजगारी, कृषि सुधार, स्वास्थ्य–शिक्षा र सुशासनलाई प्राथमिकता दिएको छ।
  • प्रतिज्ञापत्रको संक्षिप्त अंश गगनकुमार थापा ले जनकपुरको ‘प्रतिज्ञा सभा’ मा प्रस्तुत गरेका हुन्।
  • विस्तृत विवरण भोलि काठमाडौँस्थित राष्ट्रिय सभागृह मा विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने र उठेका प्रश्नहरूको जवाफ दिइने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ को रूपमा सार्वजनिक गरेको छ। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित ‘प्रतिज्ञा सभा’ मा नेता गगन थापाले यसको संक्षिप्त अंश सार्वजनिक गरेका हुन।

प्रतिज्ञापत्रका मुख्य बुँदाहरू:

युवा र रोजगारी: युवाहरूका लागि स्वदेशमै मर्यादित अवसर सिर्जना गर्ने र विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई देश विकासमा जोड्ने।

कृषि र किसान: सिँचाइ र मलको अभाव अन्त्य गर्ने, कृषि बीमा र भन्सार नीतिमा सुधार गरी नेपाली उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने।

स्वास्थ्य र शिक्षा: उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै विकसित देशको स्तरको स्वास्थ्य बीमा लागू गर्ने। शिक्षालाई प्राथमिक तहदेखि नै प्रविधिसँग जोड्ने।

सुशासन र डिजिटल नेपाल: सरकारी सेवामा दलीयकरण र भ्रष्टाचार अन्त्य गर्ने तथा ‘डिजिटल नेपाल’ को अवधारणाअनुसार नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने।

परराष्ट्र नीति: नेपाललाई विश्व समुदायमा सार्वभौम र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्दै छिमेकीहरूसँग समानताका आधारमा सम्बन्ध राख्ने।

कांग्रेसले प्रतिज्ञापत्रको विस्तृत विवरण भोलि (बिहीबार) काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने जनाएको छ। सो अवसरमा नेता थापाले प्रतिज्ञापत्रमाथि उठेका प्रश्नहरूको जवाफ समेत दिनुहुनेछ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...