ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

15
Share
Featured
  • रामचन्द्र पौडेल ले ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले नेपालीबीच एकता, ऐक्यबद्धता र बन्धुत्व बढाउने बताएका छन्।
  • उनले स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीका लागि सुख, शान्ति र समृद्धिको कामना गर्दै विविधताले राष्ट्रिय एकता सुदृढ बनाउने उल्लेख गरे।
  • ग्याल्पो ल्होसारले आपसी सद्भाव, सहिष्णुता र विशेषगरी शेर्पा समुदायको प्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलल ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गराउछ । यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुर्याउछ ।’

उनले विशेष गरी शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...