कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार १०:३८

14
Share
Featured
  • नेपाली कांग्रेसले आज जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गरी पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ, जसलाई मधेसको स्वाभिमान र समावेशी लोकतन्त्रको सन्देशका रूपमा प्रस्तुत गरिएको छ।
  • सभामा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ; थापा सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेको विषयलाई मधेस–राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने सन्देशका रूपमा लिइएको छ।
  • मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग–व्यापार विस्तार, रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्यायका कार्ययोजनासहित १ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ; प्रतिज्ञा पत्रबारे काठमाडौँको सानेपास्थित केन्द्रीय कार्यालयमा पनि पत्रकार सम्मेलन गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो ।

प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।

मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’

मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ ।

प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए ।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ ।

आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।

यो समाचारमा

विश्वप्रकाश शर्मानेपाली काँग्रेसकाठमाडौँगगन थापा
मधेश प्रदेश5 more

ट्यागहरू

#कार्यक्रम#मधेस प्रदेश#गगन थापा#विश्वप्रकाश शर्मा#नेपाली कांग्रेस#जनकपुर#आयोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू