मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार ०८:१२

21
Share
Featured

काठमाडौँ

मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।

मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुआत गराउनुभयो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्नुहुनेछ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला विहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीले १५ दिन लगाएर हिँड्ने गर्दछन् । परिक्रमाका क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका चार धार्मिकस्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् । 

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गर्दछन् ।

यो समाचारमा

भारतकाठमाडौँमधेश प्रदेशधनुषा

ट्यागहरू

#भारत#जनकपुरधाम#धनुषा#मधेस प्रदेश#मुख्यमन्त्री कृष्णप्रसाद यादव#मिथिलाको महाकुम्भ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    sajilo patrika

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    वीर अस्पताल क्षेत्रमा बाक्लो भीड, सुरक्षा व्यवस्था कडा (तस्वीर)

    आजको मौसमः भारी वर्षाको सम्भावना

    काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आएन बर्डफ्लु सङ्क्रमण

    भर्खरै

    News Image

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    News Image

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    News Image

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू