काठमाडौँ।
नेपाली काँग्रेसका सभापति गगन थापाले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै थापाले यो पर्वले नेपालीहरूबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावनालाई थप प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
सभापति थापाले महाशिवरात्रिलाई आध्यात्मिक चेतना जागृत गराउने र सत्यको मार्गमा लाग्न प्रेरित गर्ने पवित्र पर्वका रूपमा चित्रण गरेका छन्। नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई उल्लेख गर्दै उनले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दै उनले अनेकतामा एकताको भाव सुदृढ पार्नु नै आजको आवश्यकता रहेको उल्लेख गरे।