रामेछापमा बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

35
Share
Featured
  • रामेछापको मन्थली–६ त्रिवेणी घाटमा यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • दुर्घटनामा २ पुरुष र ४ महिला मृतक रहेका छन् भने १० जनाभन्दा बढी घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।
  • सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीमा उद्धार तथा खोजी कार्य जारी राखेको छ, थप विवरण आउन बाँकी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको मन्थली नगरपालिका, रामेछाप–६ त्रिवेणी घाटमा मंगलबार बिहान यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकबाट नदीमा खसेको हो।

मृत्यु हुनेमा २ पुरुष र ४ महिला रहेका छन्। दुर्घटनामा घाइते भएका १० जनाभन्दा बढी यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस खुर्कोटबाट आएको गोताखोर टोली र नेपाल प्रहरीको संयुक्त टोलीले अहिले पनि नदीमा उद्धार कार्य जारी राखेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

यो समाचारमा

रामेछापकाठमाडौँमन्थली नगरपालिका, रामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्ने भएका छन् । आज साढे ११ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने जनाइएकाे छ ।भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार

    Data is loading...

    Loading brands...

    Loading footer...