भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

25
Share
Featured

काठमाडौँ

झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए ।

आइतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग ओलीले भेटघाट शुरु गरेका हुन् । अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे ।

स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताए । अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केहि समय विश्राम नलिई देश बनाउन उनलाई आग्रह गरे ।

अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफूहरु कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गीय खम्बासिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी भए ।

ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)झापाकाठमाडौँखड्गप्रसाद शर्मा ओली
कमल गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...