बैतडी बस दुर्घटनाप्रति सभापति थापा सरकारको ध्यानाकर्षण गराउँदै

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

26
Share
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडीको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
  • दुर्घटनामा १३ जनाको मृत्यु र दर्जनौँ घाइते भएका छन्।
  • उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग माग गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

हिजो भएको उक्त अकल्पनीय दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए। विवाह उत्सवबाट फर्किएका आफन्तहरू सवार बस दुर्घटनामा परेको खबरले आफूलाई स्तब्ध बनाएको सभापति थापाले बताएका छन्।

विज्ञप्ति जारी गर्दै थापाले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँगगन थापापुर्चौडी नगरपालिका
बैतडी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...