गोरटो एजुकेशनल कन्सल्टेन्सीको साधारणसभा : पारदर्शी, जिम्मेवार र भरोसायोग्य सेवामा प्रतिवद्ध

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

37
Share
Featured

काठमाडौँ

गोरटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

रिफाईन, रिफ्रेश र रिचार्ज भन्ने मूल नारासहित सम्पन्न साधारणसभाले संस्थाको दीगो सेवा, सामाजिक उत्तरदायित्व र विद्यार्थी–केन्द्रित परामर्श संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।

नेपाल तथा क्यानाडाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त साधारणसभा बैठकमा मात्र सीमित नभई सिकाइ, आत्मसमीक्षा, टीम–बिल्डिङ र संस्थागत सुधारमा केन्द्रित रहेको आयोजकको दाबी रहेको छ ।

आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्दै विद्यार्थी सेवा गुणस्तर सुधार र आन्तरिक टीमवर्क सुदृढ बनाउने विषयमा विशेष छलफल गरिएको थियो।

प्रकृतिमैत्री वातावरणमा आयोजना गरिएको कार्यक्रममा संचार विशेषज्ञ तथा प्रशिक्षक राजेश पाठकले प्रभावकारी संचार, विश्वास र सकारात्मक कार्यसंस्कृति शैक्षिक परामर्श संस्थाको दीर्घकालीन सफलताका आधार भएको धारणा राखे।

सहभागीमूलक अभ्यासमार्फत टीम समन्वय, सक्रिय सुनुवाइ र जिम्मेवारी बाँडफाँटको अभ्यास गराइएको थियो। सो अवसरमा गोरटोका प्रबन्ध निर्देशक धीरज कँडेलसहित वरिष्ठ काउन्सेलर तथा संयोजकहरूले संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गर्दै ‘छिटो निर्णय गराउने दबाब होइन, इमानदार, यथार्थपरक र विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेको मार्गदर्शन नै गोरटोको मूल पहिचान हो’ भन्ने स्पष्ट सन्देश दिएका थिए।

साधारणसभामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रमजस्ता यथार्थ चुनौतीलाई बुझेर परामर्श सेवा दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।

गोरेटोले क्यानडा, अष्ट्रेलिया, युनाइटेड किंगडमसंयुक्त राज्य अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि पारदर्शी, जिम्मेवार र भरोसायोग्य सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। यसै अवसरमा गोरटो एजुकेशनल कन्सल्टेन्सी, नयाँ बानेश्वरका मार्केटिङ तथा सेल्स हेड प्रकाश रेग्मीले संस्थाले प्रकृतिसँग सहअस्तित्वको मूल्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताए।

उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रकृतिलाई यथास्थितिमा संरक्षण गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनका अनुसार नेपालका पहाडी र ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक पदमार्गहरूलाई जस्ताको तस्तै संरक्षण गर्नु नै दिगो पर्यटनको आधार हो।

सिएसआर मूल्य, सेवा मापदण्ड, विद्यार्थी–केन्द्रित परामर्श र टिम–आधारित संस्थागत संस्कृतिलाई केन्द्रमा राख्दै गोरटो एजुकेशनल कन्सल्टेन्सीले शिक्षा र सामाजिक क्षेत्रमा दीगो योगदान पु¥याउने लक्ष्यसहित अघि बढ्ने जनाएको छ।

यो समाचारमा

काठमाडौँयुनाइटेड किंगडमअष्ट्रेलियासंयुक्त राज्य अमेरिका
क्यानडा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...