जनकपुर पुगेर कुलमानले भने-'भाषण होइन, काम गर्नेहरु हो प्रधानमन्त्री हुने'

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

24
Share
Featured
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणभन्दा काम गर्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने बताएका छन्।
  • सामाजिक सञ्जालबाट होइन, कामको आधारमा स्थापित पार्टी भएको दाबी गर्दै नेतृत्व परिवर्तनका लागि आफूहरू अघि बढेको उल्लेख गरे।
  • मधेश प्रदेशमा पार्टीको सशक्त उपस्थिति र धेरै क्षेत्रमा जित हासिल गर्ने दाबी उनले गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार कुलमान घिसिङले भाषण गर्नेहरु नभई काम गर्नेहरु प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । 

उनेपाले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुँदै घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताए । उनले आफुहरु काम गरेरै आएको र अब पनि काम गर्न कै लागि नेतृत्व दौडमा उत्रिएको बताएका छन् । 

देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उनेपा नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने जिकिर गरे । 

उनेपा अध्यक्ष घिसिङका अनुसार मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्त्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेखनीय संख्यामा जित हासिल गर्ने दाबी गरेका छन् ।

यो समाचारमा

जनकपुरउज्यालो नेपाल पार्टीकुलमान घिसिङकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...