सिन्धुलीको दुधौली स्थित सामुदायिक वनमा पुरुषको शव फेला

Author

सजिलो पत्रिका

२०८२ माघ २०, मङ्गलबार

23
Share
Featured

काठमाडौँ

सिन्धुलीको दुधौली नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई घोप्टो अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।

प्रहरीका अनुसार मृतक दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङ रहेको पहिचान गरिएको छ । शव रुख नजिकै घोप्टो अवस्थामा रहेको र सरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। तर मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

मुचुल्का प्रक्रिया पूरा भएपछि शवलाई थप परीक्षणका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो। पोस्टमार्टम पछि मृतकका आफन्तलाई शव बुझाइएको छ । पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

यो समाचारमा

दुधौली नगरपालिकाकाठमाडौँसिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्ने भएका छन् । आज साढे ११ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने जनाइएकाे छ ।भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार

    Data is loading...

    Loading brands...

    Loading footer...