आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलोपटक नेपाल आदिवासी ज्ञान महोत्सव आयोजना गर्दै

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

25
Share
Featured
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलोपटक नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ माघ २५–२७ गते काठमाडौंमा आयोजना गर्दैछ।
  • सम्मेलनले आदिवासी ज्ञानको आदान–प्रदान, संरक्षण, पुनर्जीवन, नीतिगत संवाद र सांस्कृतिक उत्सव लाई एउटै मञ्चमा समेट्ने लक्ष्य राखेको छ।
  • कार्यक्रममा खाना महोत्सव, ठेट सांस्कृतिक प्रस्तुति, ८१ अनुसन्धानपत्र प्रस्तुति तथा ८०० भन्दा बढी सहभागी रहनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलोपटक नेपाल आदिवासी ज्ञान सम्मेलन\महोत्सव –२०८२ आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतिष्ठानको रजत जयन्तीको अवसरमा यही माघ २५ देखि २७ सम्म ज्ञान सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

नेपाल आदिवासी ज्ञान सम्मेलन÷महोत्सवले आदिवासी समुदाय, विद्वत वर्ग, अध्येताहरू, नीति निर्मार्ताहरूलाई एकै थलोमा ल्याई आदिवासी ज्ञानको आदान–प्रदान,उत्सव, संरक्षण र पुनर्जीवनका लागि साझा मञ्च सिर्जना गर्ने लक्ष्य राखेको छ । यो सम्मेलन बौद्धिक विमर्श, नीतिगत संवाद र सांस्कृतिक उत्सवलाई एउटै फ्रेममा समेट्ने विशिष्ट प्रयास गर्ने प्रतिष्ठानले जनाएको छ ।

आदिवासी ज्ञान र अभ्यासको आदान–प्रदान, सांस्कृतिक विविधताको उत्सव, ज्ञानको दस्तावेजीकरण, पुस्तान्तरण र डिजिटलीकरणमार्फत संरक्षण, तथा स्थानीयदेखि विश्वव्यापी तहसम्म आदिवासी आवाजको सशक्तीकरण गर्नु सम्मेलनको प्रमुख उद्देश्य हो ।

ज्ञान सम्मेलनको दोश्रो दिन आदिवासी परम्परा, ज्ञान प्रणालीलाई व्यापकिकरण गर्न सरकार र आदिवासी जनजातिविच सेतुको भूमिका निर्वाह गर्ने प्रतिष्ठान भएकाले निम्न शीर्षकहरूमा विषयविज्ञहरू, कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसंग प्यानल छलफल तथा अनुभव आदानप्रदान हुनेछ ।

साथै, सम्मेलनसँगै खाना महोत्सव आयोजना हुने छ । महोत्सवमा थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायका परिकारहरू हुनेछन । जसले आदिवासी संस्कृतिको जीवन्त स्वाद र पहिचानलाई उजागर गर्नेछ । रजत जयन्तीको अर्को आकर्षणको रूपमा भोटे, छन्त्याल, मगर, गुरूङ, सुनुवार र तामाङ समुदायको ठेट सांस्कृतिक प्रस्तुतीहरू रहनेछन् ।

अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (सन् २०२२–२०३२) लाई व्यावहारमा कार्यान्वयन गर्ने प्रयासस्वरुप प्रत्येक प्यानल छलफल र विषयगत सेमिनारहरूको सुरूमा लोपोन्मुख आदिवासी जनजातिको भाषाबाट कार्यक्रम उद्घोषण गरेर प्रारम्भ गरिनेछ । त्यस्तै, प्रत्येक प्यानल छलफल र विषयगत सेमिनारहरूमा अध्यक्षता ग्रहणसंगै आदिवासी जनजाति एक जना सम्मानित व्यक्तित्वलाई सभाको संरक्षकको रूपमा सम्वन्धित आदिवासी जनजातिको पहिचान झल्कने भेषभूषामा विशेष आसन ग्रहण गराइनेछ ।

माघ २७ गते आदिवासी जनजातिका सवालमा केन्द्रित १५ वटा विषयगत शीर्षकहरूमा ८१ वटा अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत हुनेछन् । सोही दिन प्रतिष्ठानका अध्यक्ष तथा प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आथित्यतामा रजत जयन्तीको समापन समारोह गरिनेछ ।

कार्यक्रममा देश भित्र र बाहिर गरी ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येताहरू, विद्दत व्यक्तित्वहरू, युवा बिद्यार्थीहरूको सहभागीता रहने प्रतिष्ठानले जानकारी दिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...