यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

31
Share
Featured
  • प्रवल थापाले नेपाली कांग्रेस रुपान्तरण भएर आएको र अहिलेको समयमा सबैभन्दा नयाँ पार्टी बनेको दाबी गरे।
  • १६५ मध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवारसहित स्थायित्व र आर्थिक समृद्धिलाई मूल एजेन्डा बनाइएको बताए।
  • गगन थापाको नेतृत्वले देशलाई आवश्यक स्थायित्व दिने र आफू जिते–हारे पनि जनताकै भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार भएको भन्दै अहिले कांग्रेस रुपान्तरित भई नयाँ पार्टी बनेर आएको दाबी गरेका हुन् ।

उनले भने,‘स्थायीत्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार हो । हामी अहिले रुपान्तरित भएर आएका छौं । मलाई लाग्छ कांग्रेस पार्टी अहिलेको समयमा सबैभन्दा नयाँ पार्टी हो । नयाँ पार्टी भएर आएको छ ।’

त्यस्तै उनले पार्टी बदल्यौं । अब देशको रेखा कोर्छौं, देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्र मध्य १०६ क्षेत्रमा नयाँ उम्मेदवार लिएर मौदानमा उत्रिएको बताए । अबको दिनमा आर्थिक प्राप्ति बिना देश समृद्धको बाटोमा नहिड्ने बताउँदै उनले त्यसको लागि स्थायित्व चाहिन्ने र त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिने दाबी गरे ।

‘पार्टी त बदल्यौं अब देशको रेखा कोर्छौं देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्रमा १०६ क्षेत्र नयाँ उम्मेदवार लिएर मौदानमा आएको छौं । सबैभन्दा नयाँ पार्टी बनेको छ । अबको दिनमा आर्थिक प्राप्ती बिना देश समृद्धको बाटोमा हिड्दैन त्यसको लागि स्थायीत्व चाहिन्छ । त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिनेछ ’उनले भने ।

उनले जनतामाझ जाने आफ्नो पहिलो अवसर भएको बताउँदै चुनाव जिते या हारे पनि सँधै जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...