शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

13
Share
Featured

काठमाडौँ

रामेछापको शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न थालेको छ ।

शैलुङमा यो यस वर्षकै पहिलो हिमपात हो । हिउँले शैलुङ क्षेत्रका डडुवा, गौश्वारा लगायतका गाउँ र डाँडाहरू सेताम्मे भएका छन् । हिउँ परेसँगै शैलुङ क्षेत्र रमणीय भएको छ । शैलुङको खोलाखर्क, बागढुङ्गा लगायतका क्षेत्रमा हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताए ।

हिउँ परेसँगै स्थानीय कृषकहरू पनि खुसी भएका छन् । हिउँले माटोलाई उर्वर बनाउने तथा खेतबारीमा आवश्यक चिस्यान पुग्ने भएकोले उत्पादन बढ्ने किसानहरू बताउँछन् । । ‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ ।’ उनले भने ।

आलु र तरकारी शैलुङ क्षेत्रको मुख्य उत्पादन हो । हिउँले आलु उत्पादनमा वृद्धि हुने किसानहरूको भनाइ छ ।

हिमपातसँगै शैलुङमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय शैलुङ काठमाडौं र आसपासका क्षेत्रबाट घुम्न जाने आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

यो समाचारमा

काठमाडौँरामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...