नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

40
Share
Featured
  • पुराना र नयाँ दुवै दलमा केही खास समुदायको वर्चस्व कायमै रहेको छ।
  • दलित, मधेशी, थारु, मुस्लिम र महिलाको उपस्थिति निर्णयकारी तहमा कमजोर छ।
  • निर्वाचनमा दलित र महिलाले कम जित्ने, खस–आर्य पुरुषहरू सबै प्रदेशबाट जित्ने अवस्था देखिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए ।

यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे ।

उनले भने,‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातिय समुदायहरु निर्णय गर्ने ठाउँमा सहभागिता कम छ । नेपालमा केही समुदाय जो पहिला संघर्ष गरे,राजनीति बढि जाने,दल निर्माणमा बढि सक्रिय भए आज पनि तिनको वर्चश्व दलहरुमा रहेको छ । उदाउँदै गरेको दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको छ । सबै दलमा दलित समुदाय ,मधेशी ,थारु, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको छ ।

त्यस्तै उनले नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा नेपालमा दलित समुदायले चुनाव नै नजित्ने अवस्था रहेको धारणा राखे । थारु, मुस्लिम, जनजाति, मधेशी र आदिवासीहरुले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँमा मात्र निर्वाचन जित्ने अवस्था रहेको उनको भनाई छ ।

‘नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा परिणामको विश्लेषण हेर्दा नेपालमा दलित समूदायले चुनाव नै जित्ने अवस्था देखिदैन । महिलाहरु पनि कम जित्नेमा पर्ने रहेछ । थारु, मुस्लिम, जनजाति मधेशी र आदिवासी त्यहाँबाट मात्र चुनाव जित्छ जहाँ उनीहरुको जनसाख्यिक बाहुत्यता छ । खस आर्य समुदायका पुरुषहरु सातै प्रदेश ७७ जिल्लाबाट जितेको इतिहास छ ।’ उनले नेपालका सबै पार्टीहरुभित्रको आन्तरिक लोकतन्त्र र समावेशीताको अवस्था कमजोर भएको तर्क गरे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...