हुस्सुले प्रभावित आन्तरिक उडान अधिकांश विमानस्थलमा सुचारु

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

18
Share
Featured
  • बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित आन्तरिक उडानहरू मौसम सुधारसँगै अधिकांश विमानस्थलमा सुचारु भएका छन्।
  • भरतपुर, तुम्लिङटार र नेपालगञ्ज बाहेक अन्य सबै विमानस्थलमा उडान–अवतरण सुरु भइसकेको छ।
  • बाँकी विमानस्थलहरूमा पनि मौसम अनुकूल भएलगत्तै उडान सुरु गरिने विमानस्थल प्रशासनले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाक्लो हुस्सु र कुहिरोका कारण आज बिहानैदेखि प्रभावित बनेको आन्तरिक हवाई उडान अधिकांश विमानस्थलमा सुचारु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, दिउँसो मौसममा सुधार आएसँगै काठमाडौं लगायतका विमानस्थलमा उडान तथा अवतरण सुरु भएको हो । बिहान काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको थिएन ।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, हाल भरतपुर, तुम्लिङटार र नेपालगञ्ज बाहेक अन्य सबै विमानस्थलमा उडान सेवा पुनः सञ्चालनमा आएको छ । बाँकी विमानस्थलमा पनि मौसममा सुधार आउनासाथ उडान सुरु गरिने उनले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    काठमाडौं । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। लाइसेन्स वितरणबाट यस अवधिमा राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा कुल २ लाख ३८ हजार थान लाइसेन्स छापिएका थिए, जसमध्ये ९० हजार सेवाग्राहीले

    Data is loading...

    Loading brands...

    Loading footer...