बाजुरामा पुनःबाक्लो हिमपात, जनजीवन कष्टकर

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

25
Share
Featured

काठमाडौँ

बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो। पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो।

लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनःवर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् ।

बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा बर्षा र हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।

बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैन, सुनन्दा लगायतका अग्ला डाँडापाखा र हिमालहरु सेताम्ये बनेका छन् । वर्षासँगै हिमापात भएपछि सुक्न लागेको गहुँ बालीलाई थप राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

पुनः वर्षासँगै हिमपात हुँदा हिउँदे बालीनालीलाई थप राहत मिलेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताए । वर्षासँगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने सहानीले बताए ।

गहुँ बालीसँगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको उनको भनाई छ। बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्र अहिले हिउँको घुम्टोमा सजिएको छ। अत्याधिक वर्षा र हिमपात भए पछि वन्यजन्तु समेत चिसोले तलतिर झरेका छन्।

वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्ने भएको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तुहरु बेसी झर्न थालेपछि स्थानीयहरुले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ। वन्यजन्तुको चोरी, सिकारी नगर्न हुन समेत आग्रह गरिएको छ।

बाक्लो हिमपातका कारण बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको छ। बाजुराको पोरखेलेकमा अत्याधिक हिउँ जमेकोले यस सडकखण्डमा चल्ने सवारीसाधन ठप्प बनेका हुन्। हिजो राती देखि सुरु भएको वर्षा र हिमपात अहिलेसम्म जारी छ। हिमपातका कारण विद्युत र टेलिफोन सेवा समेत प्रभावित बनेको छ।

यो समाचारमा

काठमाडौँबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...