स्वास्थ्य बीमामा तीनै तहका सरकारले लगानी गर्नुपर्छ-स्वास्थ्यमन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

32
Share
Featured
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहले बजेट छुट्याउनुपर्ने मन्त्री गौतमको जोड।
  • बजेट अभावका कारण भुक्तानीमा समस्या आएपछि स्वास्थ्य मन्त्रालयबाट करिब १ अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको जानकारी।
  • भदौ आन्दोलनका घाइतेको उपचारमा सरकार प्रतिबद्ध, तर निर्वाचन आचारसंहिताले नयाँ योजना अघि बढाउन बाधा परेको भनाइ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सङ्घीय सरकारका साथै प्रदेश र स्थानीय तहले पनि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएकी छन्। पर्वत अस्पतालको निरीक्षणका क्रममा मन्त्री गौतमले सङ्घीय बजेट मात्र पर्याप्त नभएकाले तीनै तहको लगानी आवश्यक रहेको बताइन्।

बजेट अभावका कारण बीमाको भुक्तानीमा समस्या भइरहेको उल्लेख गर्दै उनले हालै स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै १ अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको जानकारी दिइन्। मन्त्री गौतमले भदौको आन्दोलनमा घाइते भएकाहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र सहिद परिवारका मागबारे छलफल भइरहेको समेत बताइन्। निर्वाचन आचारसंहिताका कारण कतिपय नयाँ योजनाहरू अघि बढाउन नसकिएको उनको भनाइ थियो।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...