पुरानो भिडिओका कारण रास्वपा उम्मेदवार खगेन्द्र सुनार विवादमा, दिए यस्तो प्रष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

34
Share
Featured
  • रास्वपा नेता खगेन्द्र सुनारको ‘गाई खान पाउनुपर्ने’ भन्ने पुरानो भिडियो भाइरल भएपछि विवाद उत्पन्न भयो।
  • पार्टी नेतृत्वले उक्त अभिव्यक्ति पुरानो र सन्दर्भबाहिर रहेको भन्दै थप टिप्पणी आवश्यक नरहेको जनाएको छ।
  • सुनारले आफू शाकाहारी रहेको र भनाइ तोडमोड गरेर बदनाम गर्न खोजिएको दाबी गर्दै प्रष्टीकरण दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार एक पुरानो विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। 'नेपालमा गाई खान पाउनुपर्ने' भनी उनले दिएको एउटा पुरानो अन्तर्वार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी र पार्टीमाथि प्रश्न उठेको हो।

यस विषयमा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त भिडिओ पुरानो भएको र विगतमा दलित आन्दोलनका क्रममा आक्रोशमा बोलिएको हुनसक्ने बताएका छन्। प्रवक्ता मनिष झाले पनि सुनारले यसबारे प्रष्टीकरण दिइसकेकाले पार्टीले थप बोलिरहनु नपर्ने उल्लेख गरे।

विवाद बढेपछि सुनारले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै आफ्नो भनाइलाई प्रविधिको प्रयोग गरी तोडमोड गरिएको दाबी गरेका छन्। आफू शाकाहारी भएको र राष्ट्रिय जनावरप्रति पूर्ण सम्मान रहेको बताउँदै उनले चुनावी माहोलमा आफूलाई बदनाम गराउन खोजिएको बताएका छन्। 

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...