विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

41
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी क्षेत्र नं. १ मा नेपाली कांग्रेसले विनोद चौधरीलाई उम्मेदवार बनाएर चुनावी गतिविधि तीव्र पारेको छ।
  • क्षेत्रीय कार्यालय उद्घाटनसँगै मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय क्षेत्रीय चुनाव प्रचार–प्रसार समिति गठन गरी ‘घरदैलो’ अभियान प्रभावकारी बनाउने निर्णय गरिएको छ।
  • उम्मेदवार चौधरीले विगत तीन वर्षको विकास कार्य र आगामी योजनालाई जनतामाझ लैजाने लक्ष्य राखेका छन् भने पार्टी नेताहरूले उनको पुनः भारी मतका साथ विजय हुने विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।

समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप–समितिहरू गठन गरिनेछ ।

उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।
‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले विनोद चौधरी जस्तो उमेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसविनोद चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...