भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

37
Share
Featured

काठमाडौँ

भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।

यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।

समारोह बिहान १०ः३० बजे सुरु हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन् । परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिनेछ । यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिनेछ ।

साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० वटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गर्नेछन् ।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...