कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

20
Share
Featured
  • कोशी प्रदेशबाट राष्ट्रियसभामा महिला/अल्पसंख्यकतर्फ रोशनी मेचे र दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित
  • कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारले दुवै समूहमा सफलता हासिल गरे
  • पोर्तेलले ७,४२३ र मेचेले ७,१७३ मतभार प्राप्त गरे
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन् ।
दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । झापाको हल्दिबारी स्थायी बासिन्दा
पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।
उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए । दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए ।

उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका हुन् । यसअघि उनी २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हाल एमाले प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन् । उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन् ।

अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन् ।

मेचे झापामा ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि हुन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबारमा कार्यरत थिइन् । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । उनी मेचे भाषाका समाचार संयोजन गर्दै आएकी छन् ।

यसअघि कोशी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनकै तर्फबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसझापाकोशी प्रदेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...