सिरहाका ट्राफिक प्रहरी निरीक्षक तिमिल्सिना बने ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

27
Share
Featured
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई २०८२ पुस महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ।
  • ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, ब्ल्याक स्पट पहिचान, रिफ्लेक्टर जडान तथा सरोकारवालासँगको समन्वयमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
  • उत्कृष्ट कार्यको कदरस्वरूप उनलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको छ, जसले अन्य ट्राफिक प्रहरीलाई पनि सेवामुखी र जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिराहामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै २०८२ पुस महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, कार्यालय सञ्चालन तथा जनसेवामूलक कार्यमा उल्लेखनीय योगदान पु-याएको आधारमा निरीक्षक तिमिल्सिनालाई उक्त सम्मान प्रदान गरिएको हो।

निरीक्षक तिमिल्सिनाले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि ब्ल्याक स्पट पहिचान, रिफ्लेक्टर बोर्ड तथा टेप जडान, कमजोर दृश्यता (एययच ख्ष्कष्दष्ष्तिथ) भएका क्षेत्रमा विशेष सावधानी अपनाउने व्यवस्था मिलाएका थिए ।

साथै, स्लो–मुभिङ सवारीसाधनका कारण हुने सम्भावित दुर्घटनाको जोखिम घटाउन प्रभावकारी पहल गर्नुभएको जनाइएको छ । विभिन्न भिआईपी तथा भिभिआईपी सवारी आवागमनका क्रममा ट्राफिक व्यवस्थापनलाई चुस्त, सुरक्षित र व्यवस्थित बनाउँदै उनले उच्च कार्यकुशलता, इमान्दारिता र अनुशासनको परिचय दिइएको कार्यालयले जनाएको छ ।

उनको उत्कृष्ट कार्यको कदरस्वरूप नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो। यस सम्मानले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूलाई समेत थप जिम्मेवार, सक्रिय र सेवामुखी भएर काम गर्न प्रेरणा मिल्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।

यो समाचारमा

सिराहाकाठमाडौँबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...