नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

27
Share
Featured
  • केपी शर्मा ओलीले नेकपा एमाले स्पष्ट उद्देश्य र गन्तव्यसहित अघि बढेको पार्टी भएको बताएका छन्।
  • ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै एमालेको मुख्य गन्तव्य र साझा राष्ट्रिय आकांक्षा भएको उनको भनाइ छ।
  • अन्य नयाँ दलहरूलाई गन्तव्यविहीन भन्दै उनले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेकपा एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।
शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित विभिन्न व्यक्तिहरूको नेकपा एमाले प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई एमालेले आफ्नो मुख्य गन्तव्य बनाएको उल्लेख गर्दै भने, ‘नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकांक्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो । त्यसैले हामीले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएका छौं ।’

अध्यक्ष ओलीले देशको रक्षा, जनताको सफल भविष्य र सन्ततिका उज्वल भविष्यका लागि धेरै नागरिक एमालेमा प्रवेश गरेको उल्लेख गरे ।
उनले एमाले अन्य पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै भने, ‘नेकपा एमाले ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन । गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो ।’

अन्य केही राजनीतिक दलतर्फ संकेत गर्दै ओलीले गन्तव्यविहीन राजनीति भइरहेको टिप्पणी गरे । उनले नयाँ पार्टीहरुलाई नारायण गोपालको गीत ‘भोली उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन ।’ भन्दै व्यङ्ग गरे ।

उनले भने, ‘अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन । कहाँ पुग्ने भन्ने थाहा छैन । केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन । नारायण गोपालले होला गाएको भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन। उहाँहरुको यात्रा त्यस्तै हो भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, के को लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन । के का लागि काम गर्दैछु त्यो पनि थाहा छैन । त्यस्तो पार्टी होइन नेकपा एमाले ।’

अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि निरन्तर र अथक संघर्षमा लागेको पार्टी भएको दाबी गरे । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...