मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

26
Share
Featured
  • रौतहट–४ मा आजपाका उम्मेदवार ऋषि धमलाको फरक प्रचार शैली सामाजिक सञ्जालमा भाइरल बनेको छ।
  • खेतमा काम गर्ने, पसलमा सघाउने र मतदातासँग भावुक भेटघाट गर्ने दृश्यले उनी चर्चामा छन्।
  • उनको प्रचारलाई कसैले सकारात्मक त कसैले नौटंकी भन्दै आलोचना गरेका छन्, प्रभाव भने नतिजाले देखाउनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ ।

विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् । धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ । गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन् ।

चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन् । जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ ।

धमलाका यी गतिविधिहरूलाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनलाई ’नौटंकी’ र ’सस्तो लोकप्रियताको भोको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले नेताहरू जनताको घरदैलोमा पुगेर काममा सघाउनु सकारात्मक भएको टिप्पणी गरेका छन् । रौतहट–४ मा धमलाको आक्रमक प्रचारले चुनावी नतिजालाई कस्तो प्रभाव पार्छ, त्यो भने निर्वाचनपछिको मतगणनाले नै स्पष्ट पार्नेछ ।

यो समाचारमा

काठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...