सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

33
Share
Featured
  • सुक्खाग्रस्त रामेछापमा खानेपानीको दीर्घकालीन समस्या अझै समाधान हुन नसक्दा गाउँका बासिन्दाको मुख्य माग अहिले पनि खानेपानी नै रहेको छ।
  • वातावरणीय प्रभावले साना मुहान सुकेपछि खोला–नदीको पानी लिफ्ट गर्ने वा टाढाबाट पानी ल्याउनु पर्ने बाध्यता छ, जसका लागि स्थानीयले ठूलो संघर्ष गर्नुपरेको छ।
  • रामेछाप–३ थाक्लेमा पुरानो २० हजार लिटरको ट्याङ्की बिग्रँदा करिब २५० उपभोक्ता प्रभावित भएका छन्, र २०५२ सालपछि राज्यको उल्लेखनीय सहयोग नपाउँदा नयाँ ट्याङ्की निर्माण नै मुख्य चुनौती बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ ।

खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ ।

वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू सुकेका छन् । अहिले गाउँमा खानेपानीको एक मात्र विकल्प खोला र नदीको पानी लिफ्ट गर्ने वा टाढाका खोलाका मुहानबाट पानी ल्याउने भएको छ । सामान्य खर्चले नधान्ने यस्ता योजना सञ्चालनको लागि स्थानीयले निक्कै संघर्ष गर्नुपरेको छ ।

रामेछाप नगरपालिका–३ साँघुटार थाक्लेका स्थानीयको हिजोआज छलफलको मुख्य एजेण्डा नै खानेपानी बनेको छ । गाउँमा खानेपानी वितरण गर्ने पुरानो ट्याङ्कीबाट पानी चुहिने भए पछि नयाँ ट्याङ्की कसरी बनाएर सञ्चालन गर्ने भन्ने चिन्ता उनीहरूलाई छ ।

२० हजार लिटरको ट्याङ्की कमजोर हुँदा करिब २ सय ५० उपभोक्ता सङ्कटमा परेका स्थानीय धनबहादुर खड्का बताउँछन् । ३० देखि ५० हजार लिटरको आरसिसी ट्याङ्की बनाउन पाए उपभोक्तालाई निक्कै सहज हुने उनले बताए ।

थाक्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद ढकाल २०५२ सालदेखि सो खानेपानी योजनाको लागि राज्यले कुनै सहयोग नगरेको बताए । बिचमा २ लाख रुपैयाँ वडाको बजेटबाट मर्मतको लागि प्राप्त हुनु बाहेक अन्यत्रबाट सहयोग नआएको उनको भनाइ छ ।

उपभोक्ताले आफैँले जो गरेर खानेपानी सञ्चालन गरेका भए पनि अहिले ट्याङ्की नै बिग्रिएको कारण समस्या भएको उनले बताए । ट्याङ्की बनाउन कसैले सहयोग नगर्ने हो भने गाउँले खानेपानीको सङ्कट भोग्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

यो समाचारमा

रामेछाप नगरपालिकारामेछापकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...