सर्लाहीका १ सय ५८ मतदानस्थल अतिसंवेदनशील

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

29
Share
Featured
  • सर्लाही जिल्लाका ३१२ मतदानस्थलमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र २३ सामान्य सूचीमा राखिँदै जोखिम मूल्याङ्कनका आधारमा सुरक्षा रणनीति तयार गरिएको छ।
  • जिल्लाभर ३१२ मतदानस्थलमा ६२८ मतदान केन्द्र रहनेछन्, जहाँ चारै निर्वाचन क्षेत्रमा गरी ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्।
  • यस निर्वाचनमा २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य लिङ्गका मतदाता छन्, साथै २०७९ पछि २२ हजार ५९५ नयाँ मतदाता थपिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका १५८ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदानस्थलको स्थलगत अनुगमनपछि यस्तो वर्गीकरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल रहेका छन्। तीमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सामाजिक, राजनीतिक, भौगोलिक अवस्था र सीमावर्ती क्षेत्रको जोखिम मूल्याङ्कनका आधारमा वर्गीकरण गरिएको जानकारी दिए।

जोखिम स्तरअनुसार नै निर्वाचन सुरक्षा रणनीति तयार पारिएको र सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ कडरियाको भनाइ छ ।

यसपटक सुरक्षा समितिको सिफारिसमा केही मतदानस्थल र मतदान केन्द्रको स्थानसमेत हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

निर्वाचन कार्यालयका अनुसार सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना हुने ६२८ मतदान केन्द्रमार्फत मतदान गर्नेछन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८७१ मतदाताका लागि ७८ मतदानस्थलमा १५७ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ केन्द्र रहनेछन्।

त्यसैगरी, क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ केन्द्र स्थापना गरिनेछ भने क्षेत्र नम्बर ४ मा १ लाख २१ हजार १२ मतदाताका लागि ८१ मतदानस्थलमा १५४ मतदान केन्द्र रहनेछन्।

आसन्न निर्वाचनमा सर्लाहीबाट कुल ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्। तीमध्ये २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य लिङ्गका मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनपछि जिल्लामा २२ हजार ५९५ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...