कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

23
Share
Featured
  • नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
  • नवनिर्वाचित सभापति गगन थापाले सानेपाबाटै कार्यभार सम्हाल्ने तयारी गरेपछि नयाँ टिम बनाउन सहज होस् भनेर राजीनामा दिएको पौडेलको भनाइ छ।
  • पौडेललाई शेरबहादुर देउवाले २०७२ मा नियुक्त गरेका थिए भने अब सचिव कृष्णप्रसाद दुलाललाई मुख्यसचिव बनाउने तयारी भएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । नवनिर्वाचित सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालय, सानेपाबाटै कार्यभार सम्हाल्ने तयारी गरेपछि पौडेलले राजीनामा दिएका हुन् ।

पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेर बहादुर देउबाले मुख्यसचिवमा नियुक्त गरेका थिए । उनले नयाँ सभापतिलाई आफ्नो टिम बनाउन र सहज रूपमा काम गर्न मार्गप्रशस्त गर्न राजीनामा दिएको बताएका छन् ।

नयाँ सभापति थापाले पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्यसचिव बनाउने तयारी गरेको बताइएको छ । दुलाल विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए ।

यो समाचारमा

नेपाली काँग्रेसशेर बहादुर देउबाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...