‘आर्ट फर पिस’ त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

36
Share
Featured

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र बंगलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी छ ।

माघ ४ गते आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका कलाकारहरूले आफ्ना देशको संस्कृति, समाज र जीवनअनुभूतिको प्रतिबिम्ब झल्किने विविध कलाकृति प्रस्तुत गरेका छन् ।

कलामार्फत शान्ति, मानवता र विश्वव्यापी मित्रताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा तीनै देशका करिब १०० जना युवा तथा अग्रज कलाकारका चित्रकला तथा अन्य दृश्य कलाकृतिहरू समावेश छन् । आयोजकका अनुसार यस्ता अन्तर्राष्ट्रिय कला प्रदर्शनीले कलाकारहरूबीच अनुभव आदान–प्रदानसँगै सांस्कृतिक समझदारी र आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

बंगलादेशनेपालकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...