क्रान्तिकारी कम्युनिष्ट पार्टी संयुक्त संघर्ष समितिद्वारा निर्वाचन बहिष्कारको माग गर्दै विरोध प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

38
Share
Featured
  • ६ वटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त संघर्ष समितिले काठमाडौंको सुन्धारामा प्रदर्शन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन बहिष्कारको माग गरेका छन्।
  • नेता खेम नारायण ढुंगानाले वर्तमान व्यवस्था, संविधान र सरकारलाई ‘अयोग्य’ र ‘कठपुतली’ भन्दै यो निर्वाचनले जनताको माग सम्बोधन गर्न नसक्ने दाबी गरे।
  • सत्तामा बसेका दलहरू फेरि भ्रष्टाचार र आफ्ना स्वार्थका लागि चुनावमा सहभागी हुन खोजेको आरोप लगाउँदै निर्वाचन बहिष्कार गर्न आह्वान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त संघर्ष समितिले निर्वाचन बहिष्कारको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको सुन्धारामा भेला भई ६ वटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्तसंघर्ष समितिले आगामी फागुन २१ गतेको निर्वाचनको बहिष्कारको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा नेता खेम नारायाण ढुंगानाले अहिलेको व्यवस्था र आगामी निर्वाचनले जनताको कुनै माग सम्बोधन गर्न नसक्ने भन्दै निर्वाचन बहिष्कारको माग आफूहरुले गरेको बताए ।

उनले वर्तमान सरकार अयोग्य सरकार रहेको भन्दै कठपुतलीको संग्या समेत दिए । उनले भने,‘यो संविधानले नचिनेको मात्र होइन् । अहिलेको यो कठपुतली सरकारको योग्यता पनि पुगेको छैन् । यस्तो अयोग्य सरकारले गर्न लागेको फागुन २१ गतेको निर्वाचनलाई हामीले बहिष्कार गर्दै छौं । यो व्यवस्थाले यो निर्वाचनले जनताको कुनै माग सम्बोधन गर्न सक्दैन । त्यसैले यो योग्यता नपुगेको सरकारले गर्न लागेको निर्वाचनको बहिष्कार गरौं ।’

त्यस्तै उनले सत्तामा बसेर देशलाई लुट्ने लुटेराहरु फेरी पनि सत्तामा पुगेर भ्रष्टाचार गर्ने र आफ्नाहरुलाई पोष्नको लागि चुनावमा भाग लिन खोजिरहेको आरोप लगाए ।

उनले भने,‘सत्तामा बसेर देशलाई लुट्ने लुटेराहरु अहिले पनि यो कठपुतली सरकारको पछि लागेर चुनावमा जाँदै छन् । सत्तामा पुगेर भ्रष्टाचार गर्ने र आफ्नाहरुलाई पोष्न केही राजनीतिकदलहरु निर्वाचनमा भाग लिन खोजिरहेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...