कृषि ज्ञान केन्द्र बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार २०:४२

37
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
  • निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संवेदनशील मतदान केन्द्रको विशेष सुरक्षा व्यवस्थासहित राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको सहकार्यमा चुनाव गरिने बताइएको छ।
  • बाजुरामा ८७ हजारभन्दा बढी मतदाता रहेका छन् भने ७७ मतदानस्थल र ११८ मतदान केन्द्र निर्धारण गरिएको छ, जसमा अघिल्लोपटकभन्दा केही केन्द्र थप गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

शुक्रबार मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला कृषि ज्ञान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरी निर्वाचनका कार्य संचालनमा ल्याईएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी र संचारकर्मीको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले जिल्लाका अति संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने जानकारी दिए । बाजुरामा निर्वाचनको इज्जत गुमेकाले चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन सबैले संयमित हुनुपर्ने बताएका हुन् ।

बाजुरामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए । बाजुरा चुनावको बेला चर्चामा आउँने जिल्लाको रुपमा चिनिन्छ । विगतका जस्ता घटना घट्न नदिन सबैले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

साथै उनले निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने बताए । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास आफूले लगेको प्रजिअ निरौलाले बताएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुखसहित पत्रकारको सहभागीता थियो ।

बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्। जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिए ।

उनका अनुसार, ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयले यसअघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो । नौं वटा स्थानीय तह रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।

यो समाचारमा

काठमाडौँमार्तडीबाजुरा

ट्यागहरू

#मार्तडी#स्थापना#जिल्ला निर्वाचन कार्यालय#अधिकृतको कार्यालय#बाजुरा#निर्वाचन कार्यालय#बाजुरा जिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू