नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगको मान्यता

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

50
Share
Featured
  • निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन संविधान, कानून र पार्टी विधानअनुसार भएको ठहर गर्दै औपचारिक रूपमा वैधता प्रदान गरेको छ।
  • विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी र निर्णयहरू कानुनी रूपमा मान्य भएसँगै देउवा समूहको दाबी खारेज र पुरानो कार्यसमिति अवैध ठहरिएको छ।
  • अब पार्टीका निर्णय र गतिविधि गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक हुनेछन्, यद्यपि असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने बाटो खुला छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगलेनेपाली काँग्रेसले आयोजना गरेको विशेष महाधिवेशनलाई औपचारिक रूपमा वैधता प्रदान गरेको छ।

शुक्रबार सम्पन्न आयोगको बैठकले उक्त विशेष महाधिवेशन संविधान, कानून तथा पार्टी विधानअनुसार भएको ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू कानुनी रूपमा मान्य हुने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेर बहादुर देउबा समूहले अघि सारेको दाबी स्वतः खारेज भएको छ।

अब पार्टीभित्र प्रत्यक्ष मनोनयनलगायत अन्य सम्पूर्ण निर्णय र गतिविधिहरू गगन–विश्व समूहको नेतृत्वमा आधिकारिक रूपमा मानिनेछ। विशेष महाधिवेशनले मान्यता पाएपछि शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अवैध भएको छ।

यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्टि जनाउने पक्षका लागि सर्वोच्च अदालतमा जाने कानुनी बाटो भने खुला नै रहेको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबासर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...