माघी तथा मकर संक्रान्तिको अवसरमा प्रचण्डद्वारा शुभकामना, एकता र समृद्धिको आह्वान

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

47
Share
Featured
  • प्रचण्डले माघी र माघे संक्रान्तिले विविधताभित्र एकता, सद्भाव र सामाजिक मेलमिलापको सन्देश दिने बताएका छन्।
  • उत्तरायणसँगै देशको जीवनमा पनि अन्धकार हटेर प्रगति र समृद्धिको युग सुरु होस् भन्ने कामना व्यक्त गरेका छन्।
  • संविधान कार्यान्वयन, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालका लागि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत संयोजक प्रचण्डले माघी र माघे संक्रान्तिलाई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका जीवन्त पहिचानका रूपमा उल्लेख गर्दै यी पर्वहरूले विविधताभित्र एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश दिने बताएका छन्।

उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्रक्रियाजस्तै देशको राष्ट्रिय जीवनमा पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् भन्ने कामना उनले गरेका छन्।

उनले तराई, पहाड र हिमालका नेपालीहरू परिवारजनसँगै बसेर खिचडी, घिउ, चाकु, तरकारीलगायत परिकार साटासाट गर्दै आपसी सुख–दुःख बाँड्ने परम्पराले समाजलाई थप सुदृढ बनाउने उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा प्रचण्डले यो पर्वले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। साथै, संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अघि बढ्न आह्वान गरेका छन्।

यो समाचारमा

पुष्पकमल दाहालनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...