गगनको जितमा बाबुरामको 'आशा': 'अब देशमा स्वस्थ प्रतिस्पर्धा होस्'

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

63
Share
Featured
  • डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको नेतृत्व परिवर्तनलाई पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात भनेका छन्।
  • उनले नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिँदै यो परिवर्तन सफल भएको बताएका छन्।
  • यसले अन्य दलहरूलाई पनि सुधारतर्फ प्रेरित गर्ने र लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसमा भएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवातको रूपमा व्याख्या गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै डा. भट्टराईले यस्तो बताएका हुन् ।

"पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न भएकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाई," उनले लेखेका छन् ।

उनले यो कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनाका लागि बल पुर्‍याउने र देशमा नयाँ तथा वैकल्पिक शक्तिहरूसँगको स्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।


यो समाचारमा

नेपाली काँग्रेसबाबुराम भट्टराईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...