तीन वर्षे कार्यकालमा झापा-२ मा पाँच अर्बको बजेट भित्र्याएँ- सभामुख घिमिरे

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

54
Share
Featured
  • सभामुख देवराज घिमिरेले तीन वर्षमा झापा–२ मा करिब ५ अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी गरे।
  • सडक, खानेपानी, नदी नियन्त्रण र भौतिक पूर्वाधारमा उल्लेख्य विकास कार्य अघि बढाइएको बताए।
  • आफ्नो कार्यकाल माघ ५ गते समाप्त हुने जानकारी दिँदै संसद् पुनःस्थापना र विकासलाई सन्तुलनमा राखेर काम गरेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं. २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर विकास निर्माणका कामहरू अघि बढाएको दाबी गरेका छन् ।

आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुन लागेको जानकारी दिए । उनले आफ्नो कार्यकालको विवरण सार्वजनिक गर्दै सडक, खानेपानी, नदी नियन्त्रण र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको बताए ।

"तीन वर्षको अवधिमा झापा-२ को समग्र विकासका लागि करिब पाँच अर्ब बराबरको बजेट व्यवस्थापन गरिएको छ," सभामु-ख घिमिरेले भने, "यसले यहाँको दीर्घकालीन विकासका लागि बलियो आधार तयार गरेको छ ।"

उनले संसद् पुनःस्थापना आफ्नो पहिलो एजेन्डा भए पनि विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरेको बताए ।

यो समाचारमा

देवराज घिमिरेकाठमाडौँझापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...