परम्परागत संस्कारले चुनौतीको सामना गर्न सकिँदैन- प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

50
Share
Featured
  • नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण राजनीतिक परिस्थितिमा रहेको र परम्परागत संस्कारले मात्रै चुनौती सामना गर्न नसकिने बताएका छन्।
  • नयाँ विचार, कार्यक्रम र पहलकदमी मार्फत मात्रै वर्तमान संकट समाधान सम्भव हुने भन्दै सबै दलले विगतका कमजोरीमाथि आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
  • आफ्नो पार्टीले रूपान्तरणको बाटो समातेको दाबी गर्दै राष्ट्रिय एकता र स्वाधीनता मजबुत बनाउन पार्टी एकता गरिएको स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । उनले परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिनेमा जोड दिए ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

"नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिन्छ," प्रचण्डले भने । उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले आफ्नो पार्टीले विगतका कमजोरी सच्याउँदै रूपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिएको दाबी गरे । राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउने उद्देश्यले पार्टी एकता गरिएको उनको भनाइ थियो ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...