सबै दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ- सभामुख घिमिरे

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

42
Share
Featured
  • सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट निकाल्न सबै दलले फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन्।
  • ताजा जनादेशको विकल्प नभएको उल्लेख गर्दै आफ्नो कार्यकालमा जनताको विकास चाहना पूरा गर्न प्रयास गरेको बताए।
  • उनले आफ्नो तीन वर्षे कार्यकाल माघ ५ गते समाप्त हुने जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दलहरू उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

झापाको विर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्षको सहभागिता अनिवार्य रहेकोमा जोड दिए ।

ताजा जनादेशको विकल्प नभएको बताउँदै उनले आफ्नो तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न हरसम्भव प्रयास गरेको बताए । उनले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुने जानकारी पनि दिए ।

यो समाचारमा

झापादेवराज घिमिरेप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...