कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजै मतदान हुने

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

51
Share
Featured
  • कांग्रेसको संस्थापनइतर पक्षको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, निर्वाचन कार्यतालिका सार्वजनिक।
  • आजै उम्मेदवारी दर्ता र मतदान: साढे १२ बजे मतदाता नामावली, २–३ बजे उम्मेदवारी, साँझ ७ बजेदेखि मतदान।
  • पुरानै विधानअनुसार नेतृत्व चयन (सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य), वार्ता असफल भएपछि निर्वाचनतर्फ अघि बढिएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, आजै उम्मेदवारी दर्ता र मतदानको कार्यक्रम तय गरिएको छ । मध्याह्न साढे १२ बजे मतदाता नामावली प्रकाशन गरी दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारी दर्ता प्रक्रिया सकिएपछि आजै साँझ ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ ।

निर्वाचन पुरानै विधानअनुसार हुनेछ, जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि मतदान हुनेछ । संस्थापन पक्षसँगको वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरहरू नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम :




यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...