प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

51
Share
Featured
  • पशुपति क्षेत्रको ग्वलः देमा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण जगपूजासहित सुरु भएको छ।
  • करिब १३ लाख ७० हजार रुपैयाँ लागतमा प्राचीनता र कलात्मकता नबिगारिने गरी फल्चा पुनर्निर्माण गरिँदैछ।
  • बच्छलेश्वरी जात्रासँग जोडिएको धार्मिक–सांस्कृतिक महत्व जोगाउँदै स्थानीय ऐतिहासिक सम्पदा संरक्षण गर्ने उद्देश्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपतिनाथ मन्दिर क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ ।

सोमबार वडा ८ का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जगपूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गरेका हुन् ।

नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब १३ लाख ७० हजार रुपियाँ लागतमा फल्चा पुननिर्माण थालेको हो ।

पुननिर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउने गरी काम गरिने वडाध्यक्ष संगतले जानकारी दिए ।

अध्यक्ष संगतका अनुसार फल्चा केवल विश्राम स्थल मात्र नभई पाशुपतको महत्वपूर्ण मध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । उनका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।

फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने गहिरो जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुननिर्माण थालिएको हो ।

फल्चाको पुननिर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठुलो भूमिका खेल्नेछ । यससँगै स्थानीयले विलाउँदै, हराउँदै गएको एउटा महत्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुन प्राप्त गर्नेछन् ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकापशुपतिनाथ मन्दिरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...