कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

42
Share
Featured
  • कांग्रेस संस्थापनइतर पक्षको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि भृकुटीमण्डपमा पुनः सुरु हुँदैछ।
  • केन्द्रीय समितिले स्वामित्व नलिए नेतृत्व परिवर्तनको कार्यविधिअनुसार अघि बढ्ने आयोजक पक्षको चेतावनी।
  • आजै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दैछ, जसलाई विशेष महाधिवेशनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ । सोमबार स्थगित भएको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको हो ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले केन्द्रीय समितिले महाधिवेशनको स्वामित्व नलिएमा नेतृत्व परिवर्तनको कार्यविधिअनुसार अघि बढ्ने बताएका छन् ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई बोलाइएको छ । विशेष महाधिवेशन चलिरहेका बेला बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...