सुर्य थापाको टिप्पणी : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

43
Share
Featured
  • एमाले नेता सूर्य थापाले सभापति शेरबहादुर देउवालाई किनारामा राखेर कांग्रेसको विशेष महाधिवेशन गरिएको भन्दै कटाक्ष गरेका छन्।
  • उनले एमाले यस्तो अपसंस्कारी राजनीतिक संस्कारको पार्टी नभएको बताउँदै नेतृत्वप्रतिको सम्मान र आन्तरिक एकताको पक्षमा धारणा राखे।
  • कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा विवाद चर्किँदै गएको सन्दर्भमा थापाको अभिव्यक्तिलाई राजनीतिक सन्देशका रूपमा लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सूर्य थापाले नेपाली काँग्रेसभित्र सभापति शेर बहादुर देउबालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् ।

कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारे ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन’ भनेर टिप्पणी गरेका छन् ।

उनले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै ‘चेतना भया!’ भन्ने शब्द प्रयोग गरेका छन् ।

थापाको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा सभापति देउवालाई किनारामा राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ ।

उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ ।

हाल कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक बहस चर्किँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो । उनले लेखेका छन् ,‘नेकपा(एमाले)–वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर–सम्पति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन।चेतना भया ! ’

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।दिउँसो १:०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ ।उक्त 

    Data is loading...

    Loading brands...

    Loading footer...