फेस अफ मारवाडी किड्स २०२६ : विजेताले पाए ट्रफी तथा पुरस्कार

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

31
Share
Featured

काठमाडौँ

मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौँको आयोजनामा तथा पेज–३ को सहकार्यमा फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता सम्पन्न भएको छ ।

मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौँले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको ग्राण्ड फाइनल २०८२ साल पौष २६ गते शनिबार काठमाडौँको सोल्टी मोडस्थित होटल हयात सेन्ट्रिकमा सम्पन्न भएको थियो । विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले निष्पक्ष रूपमा मूल्याङ्कन गरी विजेता घोषणा गरेको थियो। विजेतालाई ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरू भविष्यका सक्षम जनशक्ति र व्यवसायी उत्पादनमा प्रेरणादायी हुने बताए। उनले आगामी पुस्तालाई साथ लिएर अघि बढ्न सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

मारवाडी युवा मञ्च, काठमाडौँका अध्यक्ष प्रकाश कुमार केजरीवालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी बालबालिका, अभिभावक, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने बताए।

विजेताहरू

मिस्टर मिनी फेस अफ मारवाडी

विजेता ः मितांश अग्रवाल

प्रथम उपविजेता ः वेदांश गर्ग

द्वितीय उपविजेता ः गर्वित खेतान

मिस मिनी फेस अफ मारवाडी

विजेता ः काश्वी जोशी

प्रथम उपविजेता ः रिधिमा चाचन

द्वितीय उपविजेता ः अंशिका चौधरी

मिस लिटल फेस अफ मारवाडी

विजेता ः देवांशी चाचन

प्रथम उपविजेता ः वेदांशी गुप्ता

द्वितीय उपविजेता ः देवांशी जोधाणी

प्रिन्स फेस अफ मारवाडी

विजेता ः निर्विक अग्रवाल

प्रथम उपविजेता ः सार्थ अग्रवाल

द्वितीय उपविजेता ः लक्ष्य शर्मा

प्रिन्सेस फेस अफ मारवाडी

विजेता ः धनी अग्रवाल

प्रथम उपविजेता ः आलिया तिब्रेवाल

द्वितीय उपविजेता ः काव्या चौधरी

सबै पाँच विधा समेटेर ‘सर्वाधिक लोकप्रिय’

तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्विक अग्रवाल

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...