इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

44
Share
Featured
  • इटहरीमा ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना भई कवि, लेखक र पाठक एकै मञ्चमा भेला भए।
  • फाइनप्रिन्टबाट प्रकाशित ६ कृतिमाथि संवाद र ११ कविहरूको कविता वाचन सम्पन्न भयो।
  • पूर्वका पाठकलाई सम्मान गर्दै साहित्य र सिर्जनालाई नजिक ल्याउने उद्देश्यले उत्सव आयोजना गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेशको एक केन्द्र सुनसरीको ईटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् ।

लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ ।

महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ ।

त्यस्तै, २०८१ सालको मदन पुरस्कार विजेता उपन्यास ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गरे । काविमोले कविता र उपन्यासलाई ‘सबैलाई सजाउने फूल’ का रूपमा व्याख्या गरेको आयोजकले जनाएको छ ।

डा. नवराज केसीको ‘स्वस्पर्श’ कृतिमाथि केन्द्रित संवादमा जीवन, पीडा र आनन्दका विभिन्न तहबारे चर्चा गरिएको जनाइएको छ ।

नाट्यकर्मी सोनु जयन्तीको सहजीकरणमा डा. केसीले जीवनलाई अलिक परबाट हेर्ने दृष्टि आवश्यक हुने बताएका थिए । कर्णालीमा कार्यरत बालरोग विशेषज्ञ केसीले दुःखका बीच पनि जीवनमा खुशी खोज्नुपर्ने धारणा राखेको जानकारी दिइएको छ ।

पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले संवाद गरेको जनाइएको छ । यस्तै, ददि सापकोटाको ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेका थिए भने सुबिन भट्टराईका कृति ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले संवाद सञ्चालन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो चरणमा ११ जना कविहरूले कविता वाचन गरेका थिए । धीरज राई, टीका आत्रेय, तीर्थराज विश्वकर्मा, शुभलक्ष्मी लम्साल, विवेक विवश रेग्मी, अस्मिता विष्ट, अमित थेबे, सकुन्तला मञ्जरी, सुदीप पाख्रिन, मनु मञ्जिल र देवान किरातीका कविताले कार्यक्रमलाई भावनात्मक बनाएको जनाइएको छ ।

कवि बद्री भिखारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाइनप्रिन्टका सञ्चालक नीरज भारीले आफ्ना प्रकाशनका पाठक सबैभन्दा धेरै पूर्वमा रहेको बताए । पाठकप्रतिको सम्मानस्वरूप घुम्ती साहित्य उत्सव आयोजना गरिएको उनले जनाएका छन् ।

यो समाचारमा

कोशी प्रदेशईटहरीकाठमाडौँसुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...