बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

84
Share
Featured
  • बाजुराको दानासाँघु खोलामा स्थानीय आवतजावत सहज बनाउन पक्की पुल र बेलिब्रिज एकैसाथ निर्माण सुरु भएको छ।
  • बेलिब्रिज करिब २ करोड २२ लाख र पक्की पुल करिब ३ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण हुँदैछ।
  • पक्की पुल २०८४ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरु भएको हो ।

पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समय सम्म स्थानियलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्यपनि एकैसाथ शुरु गरिएको बुढिनन्दा नगरपालिकाका नगर उप–प्रमुख राम बहादुर बोहराले जानकारी दिए ।

बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् । वर्षौंदेखि यस खोलामा पुल नहुँदा स्थानीय र केहि छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायतका नागरिकले समेत बर्षातको समयमा सास्ती खेप्नु परेको अवस्था छ ।

जडाङ्गाको बेलिब्रिज दानासाँघु खोलामा स्थानान्तरणको लागि निर्माण कार्य भईरहेको हो । सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख रुपैयाँ लागतमा बेलिब्रिज पुल सार्न लागेको हो भने प्रदेश सरकारको भ्याट र पिएस सहित ३ करोड ९३ लाख ७५ हजार ३ सय ९६ रुपैयाँ लागतमा पक्की पुल निर्माण हुनेछ ।

पक्की पूल निर्माणका लागि प्रदेश स्थीत भौतिक पूर्वाधार विकास कार्यालयले सहयोग गरेको कार्यालयका प्रमुख इन्जिनियर जंग थापाले जानकारी दिए । उनका अनुसार विसं २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरि (एप्.ऋएऋक्–ब्ऋ व्ख्) धनगढी ५ हसनपुर कैलालीले पक्की पुल निर्माणको ठेक्का पाएको छ ।

यस्तै, पक्की पूल निर्माण नहुँदासम्म बेलिब्रिजले सहजता दिने भएकाले एउटै खोलामा दुईवटा पूल निर्माण गर्न लागिएको बुढिनन्दा नगरपालिकाका नगर–प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार पूल निर्माण भए पछि बर्षाैदेखिको स्थानीयको सपना साकार हुने छ ।

यो समाचारमा

बाजुराकाठमाडौँबुढीनन्दा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...