विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

37
Share
Featured
  • आइतबार र सोमबार हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ र देशभरबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।
  • महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति, संरचना तथा जिल्ला कार्यसमितिहरू सक्रिय हुँदै समर्थनमा विज्ञप्ति जारी गरिरहेका छन्।
  • शनिबार भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले दिउँसो १ बजे भृकुटीमण्डपबाट सुरु हुने र्‍याली आयोजना गर्ने भएको छ।
  • नियमित महाधिवेशन हुन नसकेपछि गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन आह्वान गरिएको हो, जसमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन जुटिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आइतबार र सोमबार हुन लागेको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।

विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो।

यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन्।

शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा -याली निकाल्ने भएको छ।

समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार -याली शनिबार दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट सुरु भई बागबजार परिक्रमा गरेर पुनः भृकुटीमण्डपमै आएर टुंगिनेछ।

र्‍यालीमा सहभागी हुन समितिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्।

कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ।

यो समाचारमा

प्रतिमा गौतमनेपाली काँग्रेसकाठमाडौँगगन थापा
विश्वप्रकाश शर्मा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...