पुरातात्विक भिगागसहितको विज्ञ टोलीद्वारा जनकपुरधामस्थित रामायण भवनको निरीक्षण

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

48
Share
Featured
  • जनकपुरधामस्थित ऐतिहासिक रामायण भवनको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य सुरु भएको छ।
  • निरीक्षणमा भुईँ तल्ला मर्मतयोग्य र माथिल्लो तल्ला भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको छ।
  • पुरातात्विक विभागसहितको विज्ञ टोलीले क्षतिको अध्ययन गरी अन्तिम सुझाव तयारीमा रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्व बोकेको रामायण भवनको पुनःनिर्माण एवम जीर्णाद्धारको कार्य सुरु भएको छ ।
पुरातात्विक विभागसहितको विज्ञ टोलीले शुक्रबार जनकपुरधामको राम मन्दिर अगाडि रहेको दुई तल्ले रामायण भवनको निरीक्षण गरेका छन् ।

उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिएको छ भने विभिन्न रामायणकालिन घटनाहरु दर्शाउने चित्रहरु पनि कोरिएको छ। उक्त भवनमा लामो समयदेखि कसैले चासो नदिए पछि जिर्ण बन्न पुगेको थियो ।

विज्ञ टोलीले भवनको विभिन्न भागलाई फोडेर भवनमा पुगेको क्षतीबारे अध्ययन गरेका छन । निरीक्षण पश्चात सञ्चारकर्मीसंग कुरा गर्दै विज्ञ टोलीमध्येका गोकर्ण बहादुर (प्राध्यापक पुल चोक इन्जिनियरिङ् क्यामस) ले भुँई तल्लाको अवस्था राम्रै रहेको बताए । उनले भुईँ तल्लामा खासै क्षति नभएकोले मर्मत मात्र गर्नुपर्ने बताए ।

माथिको मुख्य तल्ला भने कमजोर देखिएकोले त्यस्लाई भत्काएरै पुनःनिर्माण गर्नु पर्ने अवस्था देखिएको उनले जानकरी दिए । उनले थप केही नमूना परीक्षण गर्न बाँकी रहेकाले अन्तिम सुझाव दिन केही दिन समय लाग्ने बताए । निरीक्षण टोलीमा पुरातात्विक विभागका ईन्जिनियर, गुठी संस्थानका इन्जिनियर, पुलचोक इन्जिनियरिङ्ग क्याम्पसका प्रोफेसर, जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर रहेका छन् ।

यो समाचारमा

काठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...